चन्द्रागिरि नगरपालिकाका असिस्टेन्ट सब-इन्जिनियर घुस सहित पक्राउ

चन्द्रागिरि नगरपालिकाका असिस्टेन्ट सब-इन्जिनियर घुस सहित पक्राउ

कपन अनलाइन

काठमाडौँ ,आश्विन १६।

चन्द्रागिरि नगरपालिकामा कार्यरत  असिस्टेन्ट सब-इन्जिनियर विजया लक्ष्मी पन्तलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरि नगरपालिका अन्तर्गत वडा कार्यालयमा कार्यरत सब-इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ ।

सतुगंलस्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह-सचिव दाहालले जानकारी दिएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।