चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।

मन भित्र नै छ धन सशंकित हुन्छौ किन
अबिरल प्रयास गर चैतन्य बन्छौ किन
यो त अत्यन्तै प्रकाशमय भविष्य हो
प्रयत्नले प्राप्त ज्ञान अरुलाई दिन्छौ किन ?

शान्त समुद्रमा तरंग तरंगिन थाल्यो
अति सुन्दर लहरहरु झागिन थाल्यो
सायद बसन्तको पदचाप प¥यो जलमा
नव रंगी इन्द्रेणी जलमा रंगिन थाल्यो ।

पशु पन्क्षी उडी हिडने रमाइलो बन
पल्लो काक्क्रा र पाखा भरि घमाइलो बन
सुन्दर शान्त बिशालताले मन हुन्छ खुशी
सधँै भरी घुमी हिडौ जस्तो चोपिलो बन ।

जीवन त सारै अमुल्य छ
मान्यता यसको बहुमुल्य छ
सार यसको बुझ्न सकिएन भने
पृथ्वीमा जिउदै मरे तुल्य छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।