बिर्सन नसकिने क्षण : कमला श्रेष्ठ (संस्मरण)
कुरा दुईहजार सतहत्तर साल फागुन पाँच गतेको हो म केनडा आँको यस्तै दुई चार मैना भएको थियो । आए देखि हिउँ पर्न शुरु भैसकेको थियो । तसर्थ म बाहिर कतै निस्केकि थिईन । जाड़ों मैनाभरी हिउँ पर्ने यो केनडा शहर जता हेरेपनि हिउँको थुप्रो मात्र देखिने थियो भने बाटोहरु र बाटोको छेउ छेउ मान्छे हिडने बाटाहरु जस्तै हिउ परेपनि सफÞा देखिन्थे । तसर्थ म चिया नास्ता खाई बाहिर मौसम पनि सफा टकटकि घाम लागेको हुनाले यहाँ जस्तै हिउँ परेपनि प्रायजसो घाम लागेकै हुन्छ । म ती वर्षको ठुलो नातिलाई लिएर घर अगाडिबाट सिदै गएको बाँटो सिदै जान्छु सिदै फर्कन्छु भनि यसो घुमेर आउछु भनि घरबाट नातिलाई लिएर हिडें । सिदै हिडेर जादा जादा निकै टाडा पुगेछु । फÞर्कदा कति वहर दोहर गरे घरै भेटीएन नातिलाई बोकेर हिडेकोछु हिडेकोछु घर खोज्दै घरको ठेगाना पनि आफुलाई थाहा छैन बच्चा सानो छ जादा त हिडेर गएको थियो । आउदा धेरै हिडेर खुट्टा दुखेर होला सायद भोकपनि लागेर होला पटक्क हिँडन मानेन । बिहानको नौ बजे घरबाट हिडेको हिडदा हिडदा दिउसोको तिन चार बजिसक्यो बिहान नौबजे घरबाट हिडेको हिडदा हिडदा बाँटोमा एकजना केनडियन लेडिजसगं भेंट भयो उसलाई