देशलाई अपील : सन्तोष पोखरेल

देशलाई अपील : सन्तोष पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

भारत विश्वको विकसित देश बनिसक्यो, G20 को अध्यक्ष समेत बनेकोछ । आज चन्द्रमाको दक्षिणी गोलार्धमा उसको चंद्रयान ३ ले विक्रमलाई सफलतापूर्वक ओरालेर भारत संसारमा अन्तरिक्ष शक्ति हुन सफल भएकोछ । मेरो देश नेपालमा भने देश हाँक्ने राजनीतिक पार्टीहरू भ्रष्ट र अपराधीहरूले चलाइरहेका छन् । देश लुटिरहेका छन् । यिनलाई कति पैसो चाहिएको हो ?

राजनीति बिग्रिएको यो मुलुकमा कर्मचारीतन्त्र पनि भ्रष्ट छ, न्याय भ्रष्ट छ । मुलुकको सुरक्षा निकाय कमजोर छ ।
बुद्धि बिग्रिएका नेताहरू नागरिकलाई धर्मका नाममा जुधाउँदै छन्, जुन कुरो खतरनाक छ ।
दुई अति विकसित देशहरूका माझमा बसेर पनि यति सुन्दर नेपाललाई अधोगति तिर लाने कुबुद्धि लोभी पापीहरूलाई जेल हाल र पश्चातापमा कविता र विरहका गीत लेख्न लाऊ !
अब कसले दह्रो निर्णय लिने र कारवाही अगि बढाउने ? एक एक लाई समातेर कोर्रा लाउँदै जेल हाल ! देश बिखण्डन तिर लगिदैछ । खबरदार !
(म राजनीतिबारे टिप्पणी गर्न नचाहने शान्तिकामी कवि हुँ, म बसेको देश सक्नै लागे पापीहरूले । त्यसैले यो सार्वजनिक गुहार मागेको देशका निम्ति)
तपाइँको प्रतिक्रिया ।