चमत्कार  : कल्याण पन्त (लघुकथा)

चमत्कार  : कल्याण पन्त (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २३।

प्रतिनिधिमन्डल सीधै ब्रह्माजी कहा पुग्यो। उनीहरु सभा कक्षमा विराजमान हुनुभएका ब्रह्माजीको वरिपरि घुमे । त्यसपछि नारदजीले झुकेर अनुरोध गर्नुभोे, ‘अब राष्ट्रिय जनावर फेर्नुप¥यो, महाराज !’
‘जसको मलमूत्र, दूध, दही सबै पवित्र औषधि मानिन्छ, अब त्यस्तो प्राणी अराष्ट्रिय ?’ ब्रह्माजीले प्रश्न उठाउनु– भो ।
‘त्यसोभए मत्र्यलोकमा भइरहेको दंगा रोकिदिनुप¥यो, महाराज !’ नारादजीले लम्पसार परेर भने ।
‘को हो त्यो दंगाको नेता ?’ ब्रह्माजी तात्नु भो ।
सबैले मुखामुख गरे । कोही बोल्नै सकेनन् । ब्रह्माजीले त्यति नै बेला आफ्नो दाहिने हात घुमाउनु भो, देब्रे हातमा दुई वटा सिंग देखिए । फेरि बायाँ हात घुमाउनुभो, दायाँ हातमा यौटा पुच्छर देखियो । सभाहलमा तैचूप मैचूप भइराखेको बेलामा ब्रह्माजीले नारदजीलाई तिनै उपहार दिदैं भन्नुभो, ‘ल नारदजी । तिनै कलियुगका नेतालाई भाषण गरिरहेकै बेलामा पछिल्तिरबाट छोइदिनू, अनि के हुन्छ हेरौं ।’
नभन्दै भोलिपल्ट मत्र्यलोकमा त्यसै गरियो । त्यति बेलै आमसभामा बोल्दाबोल्दा हिमाली भेगको साँढे बुर्कुसी मार्दै डुक्रन थाल्यो । त्यसपछि अन्य झन्डा लिनेहरु भागाभाग गर्न थाले ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।