पर्व : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
कर्मको कला खुल्छ खुल्छ है
हर्ष गर्वमा भुल्छ भुल्छ है
प्रेमको गला घुल्छ घुल्छ है
याम पर्वको डुल्छ डुल्छ है ।
फूलले नयाँ याम ल्याउछ
मित्रता थपी घाम आउँछ
खेतले नयाँ अन्न जोड्दछ
याम पर्वको दुख्ख तोड्दछ ।
तीजले मुरी स्नेह थप्दियो
झन् दशैँ डुली मित्रता दियो
हो तिहारको लक्ष्य प्रेम हो
दिव्य हार हो याम पर्वको ।
राप तापको मौसमी व्यथा
घात मातको निर्दयी कथा
छैन सुन्नु होस् घाम शान्तिको
चित्तमा चलोस् दिव्य कान्ति जो ।
लुट्न रोकियोस् फूट्न रोकियोस्
दृढता कता टुट्न रोकियोस्
भोकमा परी हार्न रोकियोस्
वोट रागको सार्न रोकियोस् ।
पर्व सृष्टिका दिव्य सारथी
लौ भरौँ गरौँ भव्य आरती
कान्ति फैलियोस् व्देष नासियोस्
मित्रता भरी प्रेम गाँसियोस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।