ओखलढुंगामा बस र मोटर साइकल ठोकिदा सोलुखुम्बुका २ जना घाइते

ओखलढुंगामा बस र मोटर साइकल  ठोकिदा सोलुखुम्बुका २ जना घाइते

क्पान अनलाइन
काठमाडौं, भदौ २२।

ओखलढुंगामा बस र मोटर साइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा दाजु र बहिनी घाइते भएका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सिद्धिचरण राजमार्गको भुसुनेमा काठमाण्डौँबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको ना ५ ख ४८२७ नंबरको बस र विपरित दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०१९ प ६५९० नंबर को मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दाजु,बहिनी घाइते भएका हुन् ।

घाइते हुनेमा मोटर साइकल चालक सोलुखुम्बु लिखु पिके गाउँपालिका ३ का दाइ २८ बर्षीय मिलन बस्नेत र बहिनी २५ वर्षकी बविना बस्नेत रहेको प्रहरी निरिक्षक बिकाश राईले जानकारी दिएका छन  ।

दाइको खुट्टामा चोट लागेको, बोल्न नसक्ने अवस्था भएको र बहिनीको खुट्टामा चोट लागेको अवस्था सामान्य बोल्न सक्न भएको निरिक्षक राईले बताए  ।

तपाइँको प्रतिक्रिया ।