क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा बुढानिलकण्ठ-४ बाट एक जना पक्राउ

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा बुढानिलकण्ठ-४ बाट एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्रा गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी घर भएका २७ वर्षीय पुरुषोत्तम कार्की छन् ।

बूढानकिलण्ठ नगरपालिका स्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन।

कार्कीले सामाजिक संजाल मार्फत क्रिप्टो खरिद बिक्री गर्नेबारे ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

तपाइँको प्रतिक्रिया ।