ललितपुर महानगरपालिकामा अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

ललितपुर महानगरपालिकाको सहकार्यमा बाल विकास समाज, काठमाण्डौले १४ जना अपाङता भएका बालबालिकालाई एक कार्यक्रमको आयोजना गरी ह्वील चियर वितरण गरेको छ ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य महर्जन र बाल विकास समाजका अध्यक्ष सुवास गौतमको उपस्थितीमा बालबालिकालाई ह्वील चियर वितरण गरिएको हो । ह्वील चियर आवश्यक भएका महानगर क्षेत्रका बालबालिकाहरुको नामावली महानगरपालिकाको सिफारिस तयार गरिएको थियो ।

कार्यक्रममा संक्षिप्त कुरा राख्दै नगर प्रमुख चिरीवावु महर्जनले यस नगरपालिका क्षेत्रमा रहेका अपाङगता भएका बालबालिकाकालाई ह्वील चियर उपलब्ध गराएकोमा बाल विकास समाजका आजिवन सदस्य तथा अष्ट्रेलियामा न्यू साउथ वेल्स, अस्ट्रेलियाका मानर्थ कन्सोलेट जेनरल दिपक कुमार खड्का र व्हिलचियर फर किड्स र बाल विकास समाजप्रति हर्दिक धन्यवाद भन्दै आभार प्रकट गरेका थिए  ।

बालबालिकाको सवालमा ललितपुर महानगरपालिका संबेदनसिल रहेको र बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धन गर्नका लागि महानगर विभिन्न संघसंस्थासँग मिलेर अगाडी बढिरहेको महानगरप्रमुखले जानकारी गराए  ।

सो  कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सुवास गौतमले बालबालिकाको खुशी नै हाम्रो सन्तुष्टी रहेको बताउँदै महानगरपालिकासँगको सहकार्य निरन्तररुपमा अगाडी बढाउन बाल विकास समाज कटिबद्ध रहेको बताएका थिए  ।

यसै क्रममा विभिन्न स्थानीय तहहरुसँग समन्वय गर्दै अपाङगता भएका बालबालिकाहरुलाई ह्वील चियर उपलब्ध गराउन बाल विकास समाजको प्रयास निरन्तर रहने जानकारी पनि गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।