आइतबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

आइतबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३।

काठमाडौंमा आइतबार  बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर भएका लअन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।