चमेरो : इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ (कविता )
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
झुण्डिन्छ कहिले यो भीरमा
हामफाल्छ कहिले त्यो भीरमा
स्थिर त्यो पटक्कै छैन
चुनाकक पो परेको छ कि उसलाई
एक ठाउँमा ऊ अडिनै सक्दैन
कहिले रातोलाई राम्रो भन्छ
कहिले सेतोलाई राम्रो भन्छ
हिजोआज त
ऊ कालोलाई राम्रो भन्न थालेको छ
मनन गरेरै यसो भनेको हो कि ?
उसको बुद्धिलाई औंश्याले गिजोल्न थालेको हो ?
नाटक नै नगरी ऊ नाटक गछकक
कलाकार होइन ऊ तैपनि
रुने, कराउँने, जोशिने, जोस्याउँने
अभिनय ऊ निकै राम्रो गछकक
तर दशकककले अब थाहा पाइसके
यो ढटवारेको बास्तविकता
यो जस्तो देखिन्छ त्यो हैन
यसले जे भन्छ त्यो सत्य हैन
तैपनि चमेरो यहाँ झुण्डिन्छ
चमेरो त्यहाँ झुण्डिन्छ
नतः यो चरा नतः यो पशु
भ्रमित पादैकक अरुलाई
दैनंदिन नौलो भ्रम मञ्चन गरिरहन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।