कपन महिमा : रत्ननिधि रेग्मी, शुक्राचार्य (कविता )

कपन महिमा : रत्ननिधि रेग्मी, शुक्राचार्य (कविता )

कपन अनलाइन
काठमाडौँ, भाद्र २।

बस्तै आइरहेंछु यो कपनको डेरा गरी छेउमा
मेरो बास सरस्वती नगर हो भेटिन्छ सामीप्यमा
पैले रामहिटी बसेँ सदनमा साहित्य, नेपालमा
मेरो बास स¥यो उसै बखतको पिल्सेर भू–कम्पमा ।।१।।

घुम्ने ठाउँ हुँदा प्रशस्त यसमा डाँडाहरू मास्तिर
ती देवालयबीचमा गजबका छन् लस्करै मन्दिर
गुम्बामाथि चढी यसो नजरले हे¥यौं भने मुन्तिर
देख्नेछौं अलकापुरी सहर यो संसारकै सुन्दर ।।२।।

पूर्वी भेक हराभरा प्रकृतिले त्यो आरुबारी, जहाँ–
गोकर्णेश्वरमा बसेर शिवले गर्थे तपस्या यहाँ
श्री नारायणस्थान उत्तर दिशा, चाबेल छन् दक्षिण
हेर्दा पश्चिम देखिने लहरमा त्यो मण्डिखाटार छ ।।३।।

भन्थे रुद्रमती सफा जल हुँदा ऐले भइन् धोबिनी
भेट्छिन् बागमती कुदेर सहसा बानेश्वरैका मुनी
दुर्गा, राम र बुद्ध मन्दिरसँगै अर्की कुमारी पनि
श्री सिद्धेश्वर शैलका शिखरमा बागीश्वरी छन् मुनी ।।४।।

गुम्बामा अमिताभ बुद्ध भगवन् बोलेसरी लाग्दछन्
लामा, आनिहरू बसी भवनमा पूजा सधैं गर्दछन्
देवी, देवहरूसमेत कति छन् आकाशधारा मुनी
बाल्छन् साँझ, बिहान ज्योति शिवले हालेर सञ्जीवनी ।।५।।

पैंयूँटार रमाइलो नजिकमा, पैंmका ठुलो चोक हो
बस्छिन् तञ्जिङचोक छेउ भृकुटी हेरेर संसार यो
तर्कारी, फलपूmलमा मिलनचोकै पर्छ झन् पायक
नीलो पूल हुँदै अनेक थरिका गुड्छन् सयौं ‘बाइक’ ।।६।।

टल्केका घर सुन्दराकृति दिँदै बोक्छन् नयाँ सभ्यता
थुप्रै ‘स्कूल’, ‘कलेज’, ‘हस्पिटल’ले पार्दैरहे भव्यता
यातायात विकासले सहरमा जोड्ने भयो माध्यम
पैले दुर्गम ठाउ‘ आजकल ता छन् साधनै साधन ।।७।।

बस्छन् बौद्धिवर्गका कविहरू यो ठाउ‘मा साधक
नेता छन् कति जागिरे र पसले या व्यक्ति, सामाजिक–
संस्था वा ‘क्लब’ छन् अनेक जन जो गोष्ठी, सभा गर्दछन्
आफ्ना जाति, कला र संस्कृतिहरू नौ रङ्गले भर्दछन् ।।८।।

गाई, बङ्गुर, हाँस, मत्स्य, कुखुरा, बाख्रा, खसी पालन
खेतीबाट कतै उपार्जन गरी उद्योग सञ्चालन
बस्छन् मानिस व्यस्त भै तर तिनै आनन्दले शान्तिमा
छैनन् आपसमा विभेद सब छन् संचेतना क्रान्तिमा ।।९।।

यस्तो भव्य रमाइलो कपनमा पाइन्न खै के यहाँ ?
योभन्दा कुन ठाउँ मिल्छ सहजै बैकुण्ठ या स्वर्गमा ?
हामीले अझ गर्नुपर्दछ यहीँ माटो खनी पौरख
यस्तो लाग्छ ममा सधैं कपन हो नेपालकै गौरब ।।१०।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।