नेसनल युनाइटेड स्कुलमा एसइई २०७९ उत्तीर्ण विद्यार्थीहरु सम्मानित

कपन अनलाइन

काठमाण्डौ ,साउन ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलका १४ औं ब्याच २०७९ का माध्यमिकशिक्षा परीक्षा ९एसइई०उत्तीर्ण५६ जना विद्यार्थीहरू सम्मानित भएका छन्।

संस्कार सहितको शिक्षाू नारा अंगिकार गरेको विद्यालयको हाल कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुद्वाराआफ्ना अग्रजहरुको सम्मानमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो।

२०७९ सालको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा  उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह-प्राध्यापक रेवती प्रसाद दाहाल,कार्यक्रमका सभापति एव  संस्थापक जेबी हमाल, विशेष अतिथि एवम् शिक्षक अभिभावक संघका अध्यक्ष मनोज प्याकुरेल, प्रिन्सिपल शायरा हमाललगाएतलेविद्यार्थीहरुलाई टिका, खादा एवम् मायाँको चिनो सहित सम्मान गरेका थिए।

कार्यक्रममा एसइईपरिक्षामा ३.९० जीपीए ल्याउन सफल विद्यार्थी कुमार बुढा, ३/८५ जीपीए ल्याउन सफल विद्यार्थीहरू गुन्जन केसी र दिपेशराज गौतमलाई विशेष पुरस्कार सहित सम्मान गरिएको थियो भने कम्प्युटर विज्ञान विषयमा सम्पूर्ण विद्यार्थीहरूले ए प्लस ४ जीपीए ल्याउन सफल भएकोमा विषय शिक्षक अमृत भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले आफ्नो विद्यालयकालको स्मरण गर्दै विद्यार्थीहरुलाई बदलिँदो परिस्थितिमा आइपर्ने चुनौतीहरुको सामना गर्दै सफलताको बाटोमा अघि बढ्न शुभकामना दिरका थिए।

कार्यक्रमका  विशेष अतिथि मनोज प्याकुरेलले नैतिक मूल्य र मान्यताहरुलाई आत्मसात गरि अनुशासित भएर अघि बढेमा मात्र सफल हुन सकिने कुरामा जोड दिंदै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।

विद्यालयका संस्थापक जेबी हमालले विद्यार्थीहरुलाई विद्यालयमा सिकेको असल संस्कारलाई कायम गरि आफुलाई समाजमा सम्मानित व्यक्तिको रुपमा उभ्याउनको लागि सुझाव दिनुका साथै भविष्यमा उत्कृष्ट शैक्षिक यात्रा तथा सफल सामाजिक व्यक्तित्व निर्माणको लागि शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।