बाल अपाङ्ग टेवा संस्थाको सामाजिक लेखापरीक्षण र सातौ बार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,साउन ३०। बाल अपाङ्ग टेवा संस्थाको सामाजिक लेखापरीक्षण र सातौ बार्षिक साधारण सभा सम्पन्न नभएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ अवस्थित कपनमा प्रधान कार्यालय रहेको बाल अपाङ्ग टेवा संस्थाको धुम्बराही स्थित लर्ड बुद्ध पार्टी हलमा सामाजिक लेखापरीक्षण र सातौ बार्षिक साधारण सभा आयोजना भएको हो ।
२००६ सालमा स्थापित भएको सो गैर-नाफामुलक सामाजिक संस्थाले गरिब र सीमान्तकृत समाजको विपन्न पिछडावर्ग परेका व्यक्तिहरुलाई ह्विलचियर लगायत अन्य उपकरण उपलब्ध गराउन संस्थाले केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न समुदाय स्तरका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस संस्थाले मुख्यतया हिव्ल चियर मर्मत तथा सम्भार गरिने शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र स्वच्छ वातावरण, मनोसामाजिक परामर्श, जनचेतना तथा सामाजिक कुरुतीको रोकथाम कार्यक्रम एव पुर्नस्थापना केन्द्र लगायतका क्षेत्रहरुमा निरन्तर काम गरिरहेको छ ।
आजको सामाजिक लेखापरीक्षण कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष धुर्वराज न्यौपानेले गरेका थिए भने कोषाध्यक्ष गोबिन्द न्यौपानेले संस्थाको स्थापना कालदेखि बर्तमान अवस्थाको जानकारीको साथमा संस्थाले अब आउदा दिनमा गर्ने योजना बिस्तारको बारेमा सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी प्रदान गरेका थिए।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेको सो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराईले संस्थासङ्ग सहकार्य गरि अगाडि बढने बताएका थिए ।