मरेको कुखुराब्यापारी टोखाबाट पक्राउ

काठमाडौँ, २८ असार । टोखा नगरपालिका–१३ दीपज्योतीस्थित केसी चिकेनका सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका कुखुरासहित प्रहरीले आज पक्राउ गरेको छ ।

सर्लाहीबाट ना३च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा केसीको मासु पसलमा ओराल्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोङ्गबुले ७९ वटा कुखुरा मरेका अवस्थामा फेलापारी गाडी र केसीलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।