बुढानिलकण्ठ नगरपालिकाको लेखा शाखामा “हाइ प्रोफाइल ” प्रमुख
कपन अनलाइन
काठमाडौ,साउन १३।
बुढानिलकण्ठ नगरपालिकाको लेखा शाखा प्रमुखमा केदार प्रसाद देवकोटा आएका छन। नेकपा एमाले निकट पेशागत माहासंघ नेपालका महासचिव समेत रहेका देवकोटाले नगरपालिकाको लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष रहेका देवकोटाले यस अघि विभिन्न स्थानीय तह र निकायमा जिम्मेवारी सम्हालिसकेका छन भने कर्मचारीहरुको पेशागत हितका लागि लामो समय देखि निरन्तर सक्रिय रहेका छन।
कर्मचारी आन्दोलनको नेतृत्वदावी स्थानमा रहेर काम गरिसकेका देवकोटाको बुढानिलकण्ठ नगरपालिकामा इन्ट्री संगै स्थानीय राजनीति समेत तरंगित बनेको छ।
पेशागत र राजनीतिक रुपमा निकै पकड रहेका देवकोटाको आगमन संगै नगरपालिकामा चलिरहेको सेटिङ्ग र सिन्डिकेट भत्किदा धेरै तिर रुवावासी चलेको चर्चा स्थानीय राजनीतिमा व्यापक बनेको छ भने उनको प्रवेसले कर्मचारीहरुमा पनि निकै ठुलो हलचल पैदा भएको श्रोतले जानकारी दिएको छ।