रहेछ : रुपक राई (कविता )

रहेछ : रुपक राई (कविता )

कपन अनलाइन

काठमाडौ,साउन १३ ।

नहुँदा त उ पनि थियो अतिसारै विनम्र
भएपछि त मानिसमा अहम् पलाउँदो रहेछ
पेशागत त्रुटी हो कि हुटहुटि ?
डाक्टर पनि मरिजमाथी कैँची चलाउँदो रहेछ
कति सर्जक हराए गरिबी र कुन्ठामा
सिर्जना चोर्ने पो स्रस्टा कहलाउँदो रहेछ
ओइलाएर चाउरिएकी बुढिकन्याको पनि
प्लास्टिक सर्जरी पछि बैंश लहलहाउँदो रहेछ
भोलिको सपना देखाएर मानिस यहाँ
मानिसको बर्तमान भस्मै जलाउँदो रहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।