बुढानिलकण्ठको खानेपानी सेवा (व्यवस्थापन तथा नियमन ) ऐन बन्यो ,यस्तो बन्नेछ निर्देशक समिति
कपन अनलाइन
काठमाण्डौ ,साउन १०।
बुढानिलकण्ठको खानेपानी सेवा (व्यवस्थापन तथा नियमन ) ऐन २०८० पारित भएको छ। बुढानिलकण्ठ नगरपालिकाको नगर सभाले पारित गरेको ऐनमा निर्देशक समिति गठनको प्रावधान रहेको छ।
नगरपालिका क्षेत्रमा खानेपानीको सेवा प्रणालीलाई प्रभावकारी रुपमा संचालन ,व्यवस्थापन तथा सहजीकरणका लागि निर्देशन दिनका लागि खानेपानी व्यवस्थापन निर्देशक समिति गठन गर्न लागिएको हो ।
यस्तो बन्नेछ निर्देशक समिति :
१. नगर प्रमुख : संयोजक
२. नगर उपप्रमुख : सदस्य
३.खानेपानी सेवा प्रदायक संस्था सुचारु भएको वडाबाट कार्यपालिकाले तोकेको एक जना वडा अध्यक्ष : सदस्य
हरु मध्यबाट एक महिला सहित समितिले
४.उपभोक्ता संस्थाहरु मध्यबाट एक महिला सहित समितिले मनोनयन गरेका तिना जना : सदस्य
५.समितिले मनोनयन गरेको खानेपानी तथा सरसफाई क्षेत्रका बिज्ञ : सदस्य
६.सम्पूर्ण उपभोक्ता मध्यबाट एक महिला सहित समितिलर मनोनयन गरेका तिन जना : सदस्य
७.प्रमुख प्रशासकीय अधिकृत : सदस्य सचिव