आजको मौसम :मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

आजको मौसम :मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,साउन १०।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।त्यस्तै मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज दिउँसो  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।महाशाखाका अनुसार, आज राति देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बांकी भु-भागका एक-दुई स्थानहुरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती  र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।