निर्वाचन खर्च सार्वजनिक नगर्ने गगन थापा र डा.राजन भट्टराई सहित क्षेत्र नं ४ का २१ जनालाई जरिवाना

निर्वाचन खर्च सार्वजनिक नगर्ने  गगन थापा र डा.राजन भट्टराई सहित क्षेत्र नं ४ का २१ जनालाई जरिवाना

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ ।

आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।

निर्वाचन आयोगले तोकिएको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ । यसरी खर्च पेस नगरी कारबाहीमा पर्नेहरुमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य  गगन थापा र  नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई सहित क्षेत्रका २१  जना उम्मेदवार कारवाहीमा परेका छन।

को को परे कारवाहीमा ? 

तपाइँको प्रतिक्रिया ।