बुढानिलकण्ठ क्षेत्र विकास समिति गठन तथा संचालन कार्यविधि पारित,११ सदस्यीय समिति बन्ने
कपन अनलाइन
काठमाडौं, साउन ९।
बुढानिलकण्ठ नागर कार्यपालिकाले बुढानिलकण्ठ क्षेत्र विकास समिति गठन तथा संचालन कार्यविधि -२०८० पारित गरेको छ। साउन ८ गते बसेको कार्यपालिकाको बैठकले क्षेत्र विकास समिति गठनका लागि कार्यविधि पारित गरेको हो।
लामो समय देखि नेतृत्व विहिन अवस्थामा रहेको क्षेत्र विकास समितिलाई पूर्णता दिनका लागि कार्यपालिकाले सो कार्यविधि पारित गरेको हो। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात २०७५ कार्तिक ११ गते सचिव स्तरीय निर्णयबाट समिति नगरपालिका मातहत आएपनि राजनीतिक चलखेलका कारण लामो समय बागमती प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयमा थन्किएको समिति गठनको फाइल पुन नगरमा आए संगै कार्यविधि तयार गरिएको हो।
यो कार्यविधि पारित भए संगै क्षेत्र विकास समिति गठनको तयारीमा नगरपालिका रहेको छ।
यस्तो बन्नेछ बुढानिलकण्ठ क्षेत्र विकास समिति :
१.नगरपालिकाले तोकेको व्यक्ति : अध्यक्ष
२.बुढानिलकण्ठ नगरपालिका भित्र बसोवास गरी उक्त नगरपालिकाको मतदाता रहेर सनातन धर्ममा आस्था विस्वास राख्ने समाजसेवी ,बुद्दिजीवी तथा प्रतिष्ठित व्यक्तिहरु मध्यबाट मनोनित : ७ जना सदस्य
३.बुढानिलकण्ठ नगरपालिकाको धर्म,संस्कृति एबम पर्यटन शाखाको प्रमुख : सदस्य
४.गुठि संस्थान केन्द्रीय कार्यालयका प्रतिनिधि : सदस्य
५.पुरातत्व विभागका प्रतिनिधि : सदस्य
६.बुढानिलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु : पदेन सदस्य
७.प्रहरी प्रभाग बुढानिलकण्ठ : पदेन सदस्य
सो कार्यविधिका अनुसार समितिका अध्यक्ष र सदस्यहरुको पदावधि ४ वर्षको हुने उल्लेख गरिएको छ भने नगरपालिकाले चाहेमा पुन नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।