विभिन्न छात्रवृतिका योजना सहित साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा कक्षा ११ संचालन

कपन अनलाइन
काठमाडौं,  साउन  ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीले व्यवस्थापन संकायको कक्षा ११ मा विभिन्न छात्रवृतिका योजनाहरु संचालन गरेको छ।

यसै शैक्षिक शत्र देखि कक्षा ११ संचालन गर्न लागेको उक्त विद्यालयले बुढानिलकण्ठ नगरपालिका र दोलखा जिल्लाको बिगु गाउँपालिकाका विद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रवृति प्रदान गर्ने बताएको छ।

सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले विभिन्न क्षेत्रमा विसिस्ट पहिचान बनाएका साथै अतिरिक्त क्रियाकलापहरुमा अब्बल रहेका विद्यार्थीहरुलाई पनि विशेष छात्रवृति प्रदान गर्ने योजना रहेको जानकारी दिएको छ ।

त्यस्तै सहिद परिवार र एस इ इ परिक्षामा उत्कृस्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि छात्रवृतिको घोषणा गरेको सो विद्यालयले नियमित पठन पाठनका साथै अतिरिक्त क्रियाकलापहरुलाई पनि प्राथमिकतामा राखेको छ ।

 

तपाइँको प्रतिक्रिया ।