बुढानिलकण्ठमा राजनीतिक दलहरुको प्रदर्शन,प्रमुख विरुद्ध नारावाजी र प्रहरी परिचालन

बुढानिलकण्ठमा राजनीतिक दलहरुको प्रदर्शन,प्रमुख विरुद्ध नारावाजी र प्रहरी परिचालन

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

बुढानीलकण्ठ नगरपालिकाका राजनीतिक दलहरूले  आज नगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन। बुढानीलकण्ठ नगरपालिकाको कार्यालयको ढोकामा  ठूलो सङ्ख्यामा जम्मा भएका  प्रदर्शनकारीहरूले विभिन्न नारा लगाउदै प्रदर्शन गरेका थिए।

नगरपालिका परिसरमा दलहरुको तर्फवाट नगर प्रमुख विरुद्ध चर्को नारावाजी संगै प्रवेसद्वारमा अवरोध सिर्जना गरिए संगै बाक्लो शंख्यामा प्रहरी परिचालन गरिएको थियो।

सो अवसरमा  राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली काँग्रेस बुढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकीले भने, “हाम्रो समाजको आधारशिलामा भैरहेको  भ्रष्टाचारलाई अब आँखा चिम्लन नसकिने भन्दै करदाताको मेहनतले  कमाएको पैसा कल्याणकारी काममा खर्च गर्नु पर्नेमा  व्यक्तिगत स्वार्थका लागि पोशाक खरिद गर्दै  ठगिएको, व्यापक रूपमा भ्रमण जस्ता उत्पादनहीन विषयमा  खर्च बढाएको विषयमा  गम्भीर हुन मेयर अधिकारीलाई खबरदारी गर्दछु।”

प्रमुख  अधिकारीलाई स्थानीय राजनीतिक दल नेपाली काँग्रेस बुढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकी, नेकपा माओवादी केन्द्र  नगर अध्यक्ष भाइनारायण श्रेष्ठ एवम् नेकपा एकीकृत समाजवादी नगर संयोजक  निरञ्जन नेपालले संयुक्त रुपमा हस्ताक्षर गरेको माग पत्र बुझाइएको छ ।

उक्त  माग पत्रमा भ्रष्टाचारको गहिरो अनुसन्धान, बलियो आन्तरिक अनुगमन संयन्त्रको कार्यान्वयन, भ्रष्टाचारमा दोषी पाइएकालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्ने लगायतका माग राखिएको छ ।

राजनीतिक दलहरुले बुझाएको मागपत्रमा प्राविधिक कर्मचारी हटाउने निर्णय , जजप्रतिनिधिहरिउको पोशाक भत्ता ,खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने निर्णय लगायतका विषयहरुलाई प्राथमिकताका साथ उठाइएको छ ।

राजनीतिक दलहरुले बुझाएको माग पत्र : 

तपाइँको प्रतिक्रिया ।