कपनका पायोनियर (काठमाण्डौ ),दिक्षालय र रिलायन्स स्कुल काठमाण्डौका उत्कृस्ट १० मा
कपन अनलाइन
काठमाण्डौ ,साउन २।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर पब्लिक स्कुल ( काठमाण्डौ विद्यालय ) र वडा नं ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन र वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले संस्थागत विद्यालय तर्फ काठमाण्डौ जिल्लामा उत्कृस्ट नतिजा हाशिल गरेका छन।
शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौ जिल्लाको प्रारम्भिक विश्लेषणका अनुसार पायोनियर पब्लिक स्कुलले तेश्रो स्थान प्राप्त गरेको छ भने दिक्षालय नेपाल फाउन्डेसनले चौथो र रिलायन्स इन्टरनेसनल स्कुलले पाचौ स्थान प्राप्त गरेका छन।
उक्त परिक्षामा पायोनियरले आसत जिपिए ३.७७ पाएको छ भने दिक्षालयले ३.७६ र रिलायन्स इन्टरनेसनल स्कुलले ३.७६ जिपिए पाएको छ। त्यस्तै छैटौ स्थानमा रहेको रिलायन्स पब्लिक स्कुलले औसत जिपिए ३.७४ पाएको छ।
शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौ जिल्लाको प्रारम्भिक नतिजा विश्लेषणमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनमा रहेको ज्ञान प्रकाश एकेडेमी औसत जिपिए ३.६६ सहित १७ औ स्थानमा रहेको छ भने जुगल इंगलिस स्कुल २० औ नम्बरमा रहेको छ।
यसैगरी उक्त परिक्षामा वडा नं १२ मा रहेको प्रशान्ति एकेडेमी औसत जिपिए ३.५९ सहित उत्कृस्ट ३९ औ नम्बरमा परेको छ भने पुष्पलाल मेमोरियल स्कुल ४४ औ नम्बरमा परेको छ ।