सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना !

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी बुढानिलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना !

कपन अनलाइन
काठमाडौं, असार २७ ।

बुढानीलकण्ठ नगरपालिका पंजिकरण शाखाले सामाजिक सुरक्षा भत्ता नविकरणको लागि सम्पुर्ण लाभग्राहीलाई अनुरोध गरेको छ ।

सामाजिक सुरक्षा नियमावली (दोस्रो संशोधन) २०७६ को नियम (९) को उपनियम (१) र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले आगामी आ.व. २०८०/०८१ मा पनि नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कार्यालयले तोके बमोजिमको ढाँचामा सम्बन्धीत वडा कार्यालयमा नवीकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था भएको हुनाले लाभग्राहीहरु आफै वडा कार्यालयमा उपस्थित भई यहि मिति २०८० श्रावण १ गतेदेखि भदौ मसान्त भित्र अनिवार्य रुपले आवश्यक कागजातहरु सहित आ-आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनुहुन नगरपालिका पंजिकरण शाखाले अनुरोध गरेको हो ।

आवश्यक कागजातहरु:-

* नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

* बसाई सराई गरेको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि – १ प्रति १ प्रति

• लाभग्राहीको फोटो – १ प्रति

* सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि

* अपाङ्गता भएका लाभग्राहीको हकमा नगरपालिकाबाट जारी गरिएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,

* विधवा महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित विवरण १ प्रति

सुचना :

तपाइँको प्रतिक्रिया ।