एसईईमा भ्याली पब्लिक मावी बुढानिलकण्ठ-८ को उत्कृस्ट नतिजा कायमै,कक्षा ११ मा विद्यार्थीको आकर्षण

एसईईमा भ्याली पब्लिक मावी बुढानिलकण्ठ-८ को उत्कृस्ट नतिजा कायमै,कक्षा ११ मा विद्यार्थीको आकर्षण

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरवस्तीमा रहेको भ्याली पब्लिक मावीले एसईई परिक्षामा उत्कृस्ट नतिजा प्राप्त गरेको छ। २०५० साल देखि शैक्षिक उन्नयनमा योगदान पुर्याउदै आएको सो विद्यालयले एसईई परिक्षामा विगतमा जस्तै उत्कृस्ट नतिजा हाशिल गरेको छ।

उक्त परिक्षामा सो विद्यालयका ३३ जना विद्यार्थीहरुले  ३.६ देखि ४ जिपिए ल्याएका ह्हं भने ३८ जना विद्यार्थीहरुले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका छन। त्यस्तै २ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याएको सो विद्यालयमा कक्षा ११ र १२ मा पनि विद्यार्थीहरुको आकर्षण बढेको छ ।

आफ्नै भौतिक पूर्वाधारमा संचालित उक्त विद्यालयमा नियमित पठन पाठन संगै विद्यार्थीहरुको समग्र विकासका लागि विभिन्न गतिविधिहरु संचालन हुदै आएका छन।

विभिन्न अन्त रास्ट्रीय शैक्षिक संस्थाहरु संग आवद्ध रहेको  भ्याली पब्लिक मावीले २५ औ ब्याचमा विगतमा झैँ राम्रो नतिजा प्राप्त गरेको जानकारी दिदै प्रधानाध्यापक कृष्ण अधिकारीले सफल विद्यार्थी ,शिक्षक तथा अभिभावकहरुलाई बधाई ज्ञापन  गरेका छन।

खेलकुद, मनोरोञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक, फोटोग्राफी तथा आर्टलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको सो विद्यालयमा  सुविधासम्पन्न कम्प्युटर ल्याव, साइन्स ल्याव, लाइब्रेरी, सिकरुम, एभी रुमको व्यवस्था हुनुका साथै विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि भरपर्दाे यातायातको समेत सुविधा रहेको छ।

तपाइँको प्रतिक्रिया ।