एसईईमा जिल्लाकै उत्कृस्ट बनेको सिद्धि गणेश मावि कागेश्वरी-१ का प्रअ र अध्यक्ष घुससहित पक्राउ

एसईईमा जिल्लाकै उत्कृस्ट बनेको सिद्धि गणेश मावि कागेश्वरी-१ का प्रअ र अध्यक्ष घुससहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं  १ मा  सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा १६ हजार रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको हो ।

गागलफेदी बसपार्कबाट  अख्तियारको टोलीकाे नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका अनुसार सिद्धि गणेश मावी गागलफेदीले प्रथम स्थान र श्रम रास्ट्रीय मावी ,कुमरिगालले दितीय स्थान प्राप्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।