४ जिपिए ल्याएका जेशन गौतमको रोजाइमा जेभियर इन्टरनेशनल कलेज

४ जिपिए ल्याएका जेशन गौतमको रोजाइमा जेभियर इन्टरनेशनल कलेज

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

एसईई मा जिपिए ४ ल्याएका जेशन गौतमले कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेज रोजेका छन् । कम्प्युटर साईन्स पढ्ने योजना बनाएका जेशन गौतमले जेभियर कलेज रोजेका हुन् ।अघिल्लो वर्ष समेत नेपाल टप गरेर जिपिए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए ।

राम्रो पढाई हुने र विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण दिने भएकाले आफुले जेभियर इन्टरनेशनल कलेज रोजेको जेशन गौतमले बताए । जेभियर इन्टरनेशनल कलेजमा कक्षा ११ मा विज्ञान,म्यानेजमेन्ट र कानुन संकायमा पढाइ हुने गरेको छ ।

विश्वका चर्चित विश्वविद्यालयहरुमा समेत शतप्रतिशत स्कलरशिप पाउन सफल भयो कलेजका विद्यार्थीहरु  मेडिकल इन्ट्रान्सको आइओएम परीक्षादेखि इञ्जिनियरिङ कलेजको आइओइ परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन ।

खेलकुद, मनोरोञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक, फोटोग्राफी तथा आर्टलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको कलेजमा सुविधासम्पन्न कम्प्युटर ल्याव, साइन्स ल्याव, लाइब्रेरी, सिकरुम, एभी रुमको व्यवस्था हुनुका साथै विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि भरपर्दाे यातायातको समेत सुविधा रहेको छ।

तपाइँको प्रतिक्रिया ।