मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

मोर्डन पेन्टाथलनमा श्रेष्ठ निर्विरोध

कपन अनलाइन

काठमाण्डौ ,असार २४।
नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्ष, शकुन्तला नगरकोटी, गोपाल न्यौपाने, भगवती विष्ट, राजु दर्शन, इन्दिरा निरौला र नारायणप्रसाद पौडेलले उपाध्यक्ष, यादवबहादुर बस्नेतले महासचिव, रितेश श्रेष्ठले उप–महासचिव, यदुकुमार बस्नेत र रचना लाखेमरुले सचिव तथा शैलेन्द्रमान श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।
सुन्दर प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ, ऋषिराज लहरे र रविकिरण खड्का सदस्यमा चयन भए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा विभिन्न सयममा भएका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलनका पदक विजेतालाई सम्मान पनि गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।