बुढानिलकण्ठ-३ मा आगलागी ,अनुमानित ३० लाख बरावरको क्षेती

बुढानिलकण्ठ-३ मा आगलागी ,अनुमानित ३० लाख बरावरको क्षेती

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा आगलागी हुँदा अनुमानित ३० लाख बरावरको क्षेती भएको छ। असार २३ गते  आन्दाजी २.४५ बजेको समयमा वडा नं ३ मा रहेको एक दुनोट कारखानामा आगलागी भएको हो।

गुल्मी धुरकोट गा.पा. ३ घर भई हाल बुढानिलकण्ठ -३  बस्ने सुन्दरी तामाङले संचालन गरेको दुनोट बनाउने कारखानामा दुनोट बनाउने क्रममा अचानक ग्यास लिक भई आगलागी भएको थियो।

आगलागीको खबर प्राप्त हुना साथ पुगेको बुढानीलकण्ठ प्रहरी प्रभागबाट  २५ जनाको टोली, प्रहरी बृत्त महाराजगंजबाट १० जना, प्रहरी बृत्त बालाजुबाट  १० जना, बुढानिलकण्ठको नगरपालिकाको नगर प्रहरी ७ जनाको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।

आगलागीबाट मानविय क्षती नभए पनि दुनोट बनाउने मेसिन १ थान, दुनोट बनाउने कच्चा पदार्थ र लत्ताकपडा गरी अन्दाजी ३०,००,०००।–(तिस लाख) बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।