पुष्पलाल मेमोरियल मावीले ल्यायो बुढानिलकण्ठ नगरपालिकामै उत्कृस्ट नतिजा,दुई जनाको ४ जिपिए

पुष्पलाल मेमोरियल मावीले ल्यायो बुढानिलकण्ठ नगरपालिकामै उत्कृस्ट नतिजा,दुई जनाको ४ जिपिए

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

पुष्पलाल मेमोरियल मावी बुढानिलकण्ठ -१२ ले एसईई परिक्षामा   नगरपालिका भरिमै उत्कृस्ट नतिजा ल्याएको छ।

बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरु मध्ये दुई जना विद्यार्थीहरुले ४ जीपीए प्राप्त गरेको सो विद्यालयका अन्य विद्यार्थीहरुले पनि राम्रो नतिजा प्राप्त गरेका छन ।

२०७९ को SEE मा पुष्पलाल मेमोरियल स्कुल बुढानिलकण्ठ कपनबाटआर्जु अर्याल र सम्राट आचार्यले ४ जीपीए प्राप्त गरेका छन भने चार विद्यार्थीले ३.९५ जिपिए ,१६ जना विद्यार्थीहरुले ए + र ६ जनाले ए ग्रेड प्राप्त गरेको प्रधानाध्यापक नारायण बाबु तिमल्सिनाले जानकारी दिएका छन।

प्ले ग्रुप देखि स्नातकोत्तर तह सम्म विभिन्न विषय पठन पाठन गर्दै आएको पुष्पलाल मेमोरियल मावी तथा कलेज विगत दुई दशक भन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।