पूर्वराजा ज्ञानेन्द्रको ७७ औं जन्मोत्सव भव्यताका साथ मनाउन राजावादीहरुको आग्रह

पूर्वराजा ज्ञानेन्द्रको ७७ औं जन्मोत्सव भव्यताका साथ मनाउन राजावादीहरुको आग्रह

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

राजावादीहरुले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरुले राजा र देशको सुख, शान्ति, सुस्वास्थ, समृद्धिको कामनागर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन्।
नागरिक मूलआयोजक समिति २०८० ले बिहीबाररिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामीअसार २३ गते साँझ ७ बजेर ७मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरु, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीपप्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौंमा निर्मल निवाशको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।
समितिका उपाध्यक्ष चक्रदेव जोशीले असार २३ गते राजाको जन्मोत्सवलाई भव्य रुपमा मनाउनआग्रह गरे । अहिलेका प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार नभएको उनको भनाई छ । नेपाली देश गणतन्त्रवादीको हातबाट विदेशीलाई सुम्पने कि नेपाली भएर बाच्ने भन्ने बारेमा नेपाली जनताले सोच्न आवश्यक रहेको उनले बताए । नेपाल र विदेशमा बसेका सबै नेपालीलाई धर्तिको रक्षाकालागि राजाको जन्मोत्सव मनाउन उनले आग्रह गरे।

‘हामी ७७ वटै जिल्लामा २०८० सालअसार २३ गते साँझ७ बजेर ७मिनेटमा ७७ वटै जिल्लाका सदरमुकाम, पालिका, वाड–वाड र टोल–टोलमादीपप्रज्वलन गरी श्री ५ महाराजधिराजको सुस्वास्थ्य, दीर्घायु र राष्ट्र रक्षागर्ने र नेपाललाई राष्ट्रिय एकताको शुत्रमाबाँध्न सक्ने शक्तिमिलोस् भनेर हामीहरु देशव्यापी रुपमा कार्यक्रमगर्न गइरहेका छौं,’– उनले भने ।
अर्का वक्ता विनोदप्रसाद आचार्यले यो देशको लागि सबैभन्दा महत्वपूर्ण अभिभावकाको खाँचो भएको बताए । यो देशको अभिभाव राजा नै भएको उनले बताए । राष्ट्रपतिलाई आफूहरुले राष्ट्रपति नमानेको समेत उनले बताए । नेपालको सुदृढ राष्ट्रियता, देशभक्तिपूर्ण लोकतन्त्र र समतामूलक समाजवाद ल्याउनका लागि राजा संस्था पुनर्स्थापना  गर्न आवश्यक रहेको उनले बताए । नागरिक मूलआयोजक समिति २०८० काअध्यक्षकिशोरी महतोले सम्पूर्ण नेपालीलाई पूर्व राजाको ७७ औं जन्मोत्सवमनाउनआग्रह गरे ।
नागरिक मूलआयोजक समिति २०८० कामहासचिव राधेश्याम थापाले देशको सबैभन्दा बढी माया राजालाई रहेको बताए । उनले ७ बजेर ७ मिनेटमा दीपप्रज्वलन गरी राजाको जन्मोत्सवमनाउनआग्रह गरे । काठमाडौंमा आफूहरुले निर्मल निवास अगाडि दीपप्रज्वलनगर्ने कार्यक्रम रहेको पनिउनले बताए ।

कार्यक्रममो केशरी श्रेष्ठ, निरा रञ्जित लगायतको सहभागिता हरेको थियो ।

तपाइँको प्रतिक्रिया ।