नेपाल राहत शिक्षक गोकर्णेश्वर नगर समितिले पूर्णता पायो,को को बने ?

नेपाल राहत शिक्षक गोकर्णेश्वर नगर समितिले पूर्णता पायो,को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

नेपाल राहत शिक्षक समिती  गोकर्णेश्वर नगर समिति पूनर्गठन गरिएको छ। राहत शिक्षक सुनिल खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

नेपाल राहत शिक्षक काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष सबिन पन्तको अध्यक्षता तथा केन्द्रिय सदस्य निर्मला ढकालको प्रमुख आतिथ्यतामा अयोजित कार्यक्रमका बीच गोकर्णेश्वर नगर कार्यसमिति चयन गरिएको हो। नगर अध्यक्ष खनाललाई भने गत २०७९ फागुन १३ गते भएको काठमाडौं जिल्ला अधिवेशनको बेलानै अध्यक्ष मनोनयन गरिएको थियो।

आज असार २२ गते सम्पन्न नगर अधिवेशनले उपाध्यक्षमा कविता उप्रेती, सचिव नरेन्द्र ओझा, कोषाध्यक्ष विना भण्डारी, सहसचिवमा किशोर अर्याल, सह-कोषाध्यक्षमा सतिस प्रसाद साह त्यस्तै सदस्यहरुमा केशव घिमिरे, विष्णु प्रसाद भट्ट र सविता गजुरेललाई चयन गरेको छ।

कार्यक्रममा जिल्ला सचीव राजिव भट्टराई, कोषाध्यक्ष नानीमैया हुमागाईँ, सदस्य जिना श्रेष्ठ, मेनुका पाण्डे, राम जनकी आधारभूत विद्यालयका प्रधानाध्यापक साधुराम फुयाल र विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्दै शिक्षक उपस्थित भएका थिए।

तपाइँको प्रतिक्रिया ।