रिलायन्स इन्टरनेसनल एकेडेमीको उत्कृष्ट नतिजा कायमै,शुभेच्छा पौडेलको ४ जिपिए

रिलायन्स इन्टरनेसनल एकेडेमीको उत्कृष्ट नतिजा कायमै,शुभेच्छा पौडेलको ४ जिपिए

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानिलकण्ठ -१०  ले वि.सं २०७० सालदेखि कायम गर्दै आएको राष्ट्रिय कीर्तिमानलाई निरन्तरता दिँदै २०७५ सालको एसइइ नतिजामा संस्थागत विद्यालयतर्फ राष्ट्रमै सर्वोत्कृष्ट नतिजा ल्याइ नेपाल सरकारबाट पुरस्कृत भएको विगतको गौरवमय इतिहासलाई निरन्तरता दिँदै यस वर्ष प्रकाशित एसइइ २०७९ मा पनि उत्कृस्ट  नतिजा ल्याउन सफल भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा असार २१  गते प्रकाशित २०७९ सालको एसइइ  नतिजा अनुसार शुभेच्छा पौडेलको ४ जि पि ए सहित १०६ जनाले ए +  र १० जनाले ए   ग्रेड सहित सबै ११६ विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

२०५० सालमा स्थापित यस विद्यालयले २०५७ सालबाट एसएलसी  परीक्षामा आफ्ना विद्यार्थीहरुलाई सामेल गराउँदै हरेक वर्ष उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरुलाई एसएलसी तथा एसइइ परीक्षा उत्तीर्ण गराउँदै आएकामा २०७० सालमा संजोग कार्कीले ९४.२५५ अङ्कका साथ बोर्ड प्रथम भइ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका थिए ।

तपाइँको प्रतिक्रिया ।