प्रोलिफिक मावी ,धुम्बाराहीमा पूर्ण छात्रवृतिको अवसर !

कपन अनलाइन
काठमाण्डौ ,असार २१।

काठमाण्डौ महानगरपालिका वडा नं ४  धुम्बाराहीमा रहेको प्रोलिफिक मावीले एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गर्ने भएको छ।

बिज्ञान ,व्यवस्थापन र कानुन संकायका विभिन्न विषयहरु पठन पाठन गर्दै आएको सो कलेजमा शुरुमा भर्ना हुने ५० विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गर्न लागिएको हो।

त्यस्तै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका विसिस्ट विद्यार्थीहरुलाई पनि पूर्ण रुपमा छात्रवृति प्रदान गरिने जानकारी दिदै प्रिन्सिपल गोपाल बहादुर महतले अन्य विद्यार्थीहरुलाई पनि एस ई ई परिक्षामा प्राप्त अंकका आधारमा सुविधा दिने बताएका छन।

सुविधा सम्पन्न भवन ,फुटसल लगायतका अन्य भौतिक पूर्वाधारहरु रहेको सो कलेजले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र सृजनात्मक क्षेमताको विकासका लागि विभिन्न गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।