उत्कृस्ट शैक्षिक लयमा जेभियर इन्टरनेशनल कलेज

उत्कृस्ट शैक्षिक लयमा जेभियर इन्टरनेशनल कलेज

कपन अनलाइन
काठमाडौं, असार २१।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अध्ययन अध्यापन गराउँदै आएको जेभियर इन्टरनेशनल कलेजलाई नेपालको अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ।

जेभियर इन्टरनेशनल कलेजमा ए लेभल, प्लस टु, बीसीए, बीएससी इन्भाइरोमेन्ट, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्यु, एमबीएस लगायतको अध्ययन अध्यापन भैरहेको छ भने  प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकीका साथै कानून संकायको र  क्याम्ब्रिज विश्वविद्यालयबाट मान्यताप्राप्त ए लेभलमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुदै आएको छ।

विश्वका चर्चित विश्वविद्यालयहरुमा समेत शतप्रतिशत स्कलरशिप पाउन सफल भयो कलेजका विद्यार्थीहरु  मेडिकल इन्ट्रान्सको आइओएम परीक्षादेखि इञ्जिनियरिङ कलेजको आइओइ परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन ।

खेलकुद, मनोरोञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक, फोटोग्राफी तथा आर्टलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको कलेजमा सुविधासम्पन्न कम्प्युटर ल्याव, साइन्स ल्याव, लाइब्रेरी, सिकरुम, एभी रुमको व्यवस्था हुनुका साथै विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि भरपर्दाे यातायातको समेत सुविधा रहेको छ।

तपाइँको प्रतिक्रिया ।