बुढानिलकण्ठ-११ को प्रथम वडा अध्यक्ष कपमा ग्राम शिक्षा प्रथम र ज्ञान प्रकाश एकेडेमी दितीय

कपन अनलाइन
काठमाडौं, असार २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष कप फुट सल प्रतियोगिताको उपाधि ग्राम शिक्षा मन्दिर मावीले जितेको छ।

असार १७ गते देखि १९ गते सम्म  आठ विद्यालयको सहभागितामा भएको  सो प्रतियोगितामा जन जागृति मावीले तृतीय स्थान हाशिल गरेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले उदघाटन गरेको सो प्रतियोगितामा वडामा रहेका ग्राम शिक्षा मन्दिर मावी , ज्ञान प्रकास मावी ,जनजागृति मावी ,सारदा मावी ,साम्तेन मावी , न्यु मिलेनियम मावी , माउन्ट कैलाश मावी र यज्ञमति मावी सहभागी रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।