मेलम्चीले पाइपलाइन बिस्तार गरेर बाटो भत्काउदा वडा कार्यालय जिम्मेवार छैन : शम्भु प्रसाद भट्टराई

मेलम्चीले पाइपलाइन बिस्तार गरेर बाटो भत्काउदा वडा कार्यालय जिम्मेवार छैन : शम्भु प्रसाद भट्टराई

कपन अनलाइन
काठमाडौं, असार २१।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा  मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विस्तार भन्दै वर्षातको समयमा मुख्य सडक खनेर हिलाम्य बनाए पछी स्थानीयवासीहरुले निकै कस्ट भोगेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले वडा कार्यालयले वर्षा पछि सडक खन्नका लागि पटक पटक गरेको आग्रह मेलम्ची खानेपानी आयोजनाले अटेर गरेको भन्दै दुख व्यक्त गरेका छन ।

वर्षा  सक्कियको ३ महिनापछि पाइपलाइन बिस्तार गर्ने भन्दाभन्दै जबर्जस्ति मेलम्चीजस्तो गैरजिम्मेवारी संस्थाले बाटो खन्ने काम गरेको भन्दै अध्यक्ष भट्टराईले मेलम्ची पाइपलाइन बिस्तार गरेर बाटो भत्काउदा वडा कार्यालय  जिम्मेवार नहुने बताएका छन।

स्थानीय सरकार बाटो बनाउने मेलम्चीका ठेकदार बाटो भत्काएर नबनाउने ? भन्ने प्रश्न गर्दै अध्यक्ष भट्टराईले अब टोलवासी र स्थानीय सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिएका छन।

तपाइँको प्रतिक्रिया ।