सरकारको नीति तथा कार्यक्रममा युवालाई नेतृत्व विकासको तालिम
काठमाडौँ, २३ असार । सरकारले युवालाई व्यावसायिक, रोजगारमूलक र नेतृत्व विकाससम्बन्धी लामो तथा छोटो अवधिका तालिम प्रदान गरी आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।
राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२÷७३ को नेपाल सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गरी युवा शक्तिको परिचालन गरिने छ । त्यसैगरी, सरकारले भूकम्प प्रभावित क्षेत्रका युवालाई पुनःनिर्माणका लागि दक्ष बनाई रोजगारीमा लगाउनुको साथै युथ भिजन, २०२२ लाई लागू गर्ने भएको छ ।
तपाइँको प्रतिक्रिया ।