प्रत्येक नगरपालिकामा न्यूनतम १५ श्याको अस्पताल स्थापना गरिने

प्रत्येक नगरपालिकामा न्यूनतम १५ श्याको अस्पताल स्थापना गरिने

काठमाडौँ, २३ असार । सरकारले प्रत्येक नगरपालिकामा न्यूनतम १५ श्ययाको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति डा रामवरण यादवद्वारा व्यवस्थापिका–संसद्मा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०७२÷०७३ को सरकारको नीति तथा कार्यक्रममा केन्द्रीय, क्षेत्रीय तथा अञ्चलका सेवा विकेन्द्रीकरण गरी विशेषज्ञ सुविधासहितको स्याटलाइट अस्पताल सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

pl2639830-

दुर्गम ठाउँमा आकस्मिक सेवामा एयर लिफ्टिङगको माध्यमबाट सेवा उपलब्ध गराइने व्यवस्था हुने, आयुर्वेदिक औषधि तथा जडीबुटीको अनुसन्धान, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना एवम् जडीबुटी खेती प्रवद्र्धन गरी गुणस्तरीय औषधि उत्पादनमा जोड दिइने नीति तथा कार्यक्रममा रहेको छ ।

नीति तथा कार्यक्रममा क्षेत्रीय अस्पतालमा समेत नसर्ने रोगहरूको उपचारका लागि विशेषज्ञ सेवा उपलब्ध गराइने, महामारी फैलिन सक्ने सङ्क्रमणजन्य रोगको उपचार नियन्त्रणका लागि पूर्वाधार, मानवस्रोत र प्रयोगशाला सेवाको विस्तार गरिने, हरेक गाउँ एक डाक्टर पु¥याउँ अवधारणालाई क्रमशः लागू गरिने, नवजात शिशुको जन्मदेखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाउने उल्लेख गरिएको छ ।

यसैगरी विपद्को समयमा स्वास्थ्य सेवा दिने साधन स्रोतसहितको विशेष समूह बनाइने, ट्रमा सेवालाई विस्तार गरिने, जनस्वास्थ्य ऐनलाई तर्जुमा गरिने, अति दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य सेवा लागु गरिने, अस्पताल तथा स्वास्थ्य केन्द्रहरूबाट २४ सै घण्टा तोकिएका निःशुल्क औषधि उपलब्ध हुने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा रहेको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, ७५ वटै जिल्ला अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न सघन उपचार कक्ष, जेष्ठ नागरिक उपचारकक्ष तथा बृहत आकस्मिक प्रसूति र नवजात शिशु उपचार केन्द्र स्थापना गरिने, राष्ट्रिय स्वास्थ्य नीति २०७१ को प्रभावकारी कार्यान्वयन गरिने, पाँचवटै विकास क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिँदै जाने र यसै आर्थिक वर्षदेखि चिकित्सा क्षेत्रको स्नातकोत्तर तहमा सार्वजानिक संस्था वा प्रतिष्ठानमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइने समावेश भएको छ

तपाइँको प्रतिक्रिया ।