मुक्तक : सुशील आचार्य

मुक्तक : सुशील आचार्य

कपन अनलाइन

काठमाडौं असार ९।

बर्षा लागी सक्यो हजुर झरि पर्दैछ
खेतभरी किसानले काम गर्दैछ
चाड होनी किसानको यो असारको मास
आफ्नो खेतमा रोपार्इं गर्न अघि सर्दैछ

एक बार भएको हो मानब जुनी हाम्रो
किन दुःख मान्नु हजुर सबै छ है राम्रो
नाता गोता कुटुम्बलाई खुशी राख्न अब
कहिल्यै पनि नगर्नु है व्यवहार चाम्रो

कति रमाईलो हुन्छ शहर र बजार
मलाई लाग्छ सबैजना बोकी हिड्छन हजार
राम्रो लाउँने मिठो खाने मात्र होलान त्यहाँ
गाउँघरतिर हजुर यस्तै भा’छ प्रचार।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।