राष्ट्रिय युवा संघ नेपाल बुढानीलकण्ठले “VALLEY FUTSAL CHAMPIONSHIP-2023” आयोजना गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

“स्वस्थ  स्वस्थ्य समाज” नारा सहित ” VALLEY FUTSAL CHAMPIONSHIP-2023″ बुढानिलकण्ठ समुह छनौट प्रतियोगिताको आयोजना हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपाल बुढानीलकण्ठ नगरपालिका नगर कमिटीको आयोजनामा हुन लागेको फुटसल प्रतियोगिता आषाढ १९ गतेका लागि तोकिएको छ ।

फुटसल प्रतियोगिता बु.न.पा. १३ स्थित भद्रकाली फुटसलमा संचालन हुनेछ । उक्त प्रतियोगितमा भाग लिनका लागि भोलि मिति २०८० आषाढ ८ गते दिनको १ बजेदेखि समुह दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

समुह दर्ता फाराम राष्ट्रिय युवा संघको नगर कमिटीका भोला बिक्रम खड्कालाइ ९८४१४२४४४६ सम्पर्क गर्न सकिनेछ तथा दर्ता फारम भद्रकाली फुटसलमा समेत उपलब्ध गराइने जानकारी समेत आयोजकबाट प्राप्त भएको छ ।

सहभागी हुनका लागि निम्न सर्तहरु लागू हुनेछन्:

१) १६-२४ बर्ष उमेर समूह हुनुपर्नेछ ।

२) सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ ।

३) एक समुहमा ५+३=८ जना हुनुपर्ने छ ।

४)पहिचान खुल्ने प्रमाणको प्रतिलिपी अनिवार्य फारम संगै एकत्रित हुनुपर्नेछ।

५) फारम भर्दा नक्कली कागजातहरु फेला परेमा प्रवेश शुल्क (Entry Fee) जफत हुनेछ साथै समूहनै रद्द गरिनेछ ।

६)फारम बुझाउने अन्तिम मिति २०८० आषाढ १५ गते ५ बजे सम्म हुनेछ, त्यस पश्चात् दर्ता गर्न इच्छुक भएमा १६ गते बेलुकी ५ बजे सम्म दोब्बर दस्तुरमा दर्ता भर्न सकिने छ ।

७) खेलाडिले आफुलाई चाहिने सम्पुर्ण सामग्रीको (खाना,कपडा,जुत्ता,पन्जा आदि) ब्यबस्था आफै गर्नुपर्नेछ ।

नगर बिजेताको निम्ति पुरस्कारहरु:

१) पालिका विजेतालाई केन्द्रबाट १०,०००/- (दश हजार मात्र) दिईनेछ ।

२) सबै प्रतियोगीलाई प्रमाणपत्र २३ गते औपचारिक कार्यक्रम मार्फत नेकपा एमाले अध्यक्ष केपी ओली मार्फत वितरण गरिनेछ।

३) ‘Best goalkeeper of the tournement ,Best player of the tournament’  लाइ पनि पुरस्कारको व्यवस्था रहेको छ ।

पुनश्च: विजेता टिमको उपत्यकाका २१ पालिकासँग फाईनल खेल आषाढ २३ गते हुने र पुरस्कार स्वरुप विजेताले २००,०००/- (दुई लाख मात्र ) पाउने छन् भने उप-विजेताले १००,००० (एक लाख मात्र ) पाउने छन् |

तपाइँको प्रतिक्रिया ।