चम्पादेवी-८ बिलन्दु पहिरो अपडेट : ३ घर बगायो, २ को मृत्यु, २ जना बेपत्ता

चम्पादेवी-८ बिलन्दु पहिरो अपडेट :  ३ घर बगायो, २ को मृत्यु, २ जना बेपत्ता

कपन अनलाइन

काठमाण्डौ ,असार ८।

चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् ।

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।