गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौं, असार ७ । गोकर्णेश्वर नगरपालिकामा प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । असार ८ गते देखि  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा २ वटा बाहिर जिल्लाका र अन्य १० टिम काठमाडौंका गरि कुल १२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो।

गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामाको अध्यक्षतामा भएको उक्त खेल तालिका सार्वजनिक कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामा सहित आयोजक सहभागी टिमको प्रतिनिधित्व रहेको थियो प्रतियोगितामा प्रथम र दितीय हुने  टिमले नगद क्रमश  रु  १ लाख ३६ हजार , ६८ हजार ( कर सहित)  ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने म्यान अफ दि म्याच लाइ नगद रु. २ हजार र ट्रफी प्रदान गरिने आयोजकले   पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

 नेपालय स्कुलको खेलमैदानमा संचालन हुने उक्त प्रतियोगितामा प्रथम र दितीय हुने  टिमले नगद क्रमश  रु  १ लाख ३६ हजार , ६८ हजार ( कर सहित)  ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने म्यान अफ दि म्याच लाइ नगद रु. २ हजार र ट्रफी प्रदान गरिने आयोजकले  पत्रकार सम्मेलन मार्फत  जानकारी गराएको थियो  ।

तपाइँको प्रतिक्रिया ।