मनको बाघ : कविता दाहाल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
लालबहादुरले आज आफ्ना बाको अनुहारमा बेग्लै ब्याकूलता देखिरहेको थियो । ऊ बाकै ईच्छा अनुशार मन्दीर दर्शन गर्न भनेर उकालो चढ्दै थियो । तै पनि किन हो उनि पटक्कै खुशी थिएनन् । उसले सोध्दा ‘केही भाछैन’ मात्र भन्थे । बाटोमा सामान बोक्न भनेर उसले एउटा डोको किनेदेखि बा झन् बिचलित भए । बालाई सहज बनाउन उस्ले पुराना कुरा निकाल्दै भन्यो, ‘बा ! हाम्रो हजूरबा यही मन्दीर दर्शन गर्न आउँदा भीरबाट लडेका हुन् है !’ यो प्रश्न सुनेर उसका बा झन् भयवित बने । त्यसपछि उनि हत्तार हतार ओरालो झर्न थाले । ‘बा ! तपाईंलाई एक्कासि के भयो ?’ भन्दै लालबहादुर पनि पछिपछि कुद्न थाल्यो । त्यही बेला ढुङगामा ठोक्किएर उस्का बा भीरमुनि एउटा रुखको हाँगोमा झुन्डिन पुगे । धन्न लालबहादुरले आफ्नो ज्यानै जोखिममा पारेर बालाई त्यहाँबाट निकाल्यो । त्यसपछि उसको खुट्टो समाउँदै बाले भने, ‘बाबु मलाई भीरबाट नखसाल । मलाई बाँच्न दे ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।