वातावरण दिवस : समिर कट्टेल ( लघुकथा )

वातावरण दिवस : समिर कट्टेल ( लघुकथा )
   कपन अनलाइनकाठमाण्डौ ,असार २ ।

मुखिया बालाई नटेर्ने कमै छन्, गाउँमा । सबैका प्रिय, न्यायप्रेमी अनि समाजसेवी । केही नौलो काम उनैको अगुवाइमा सुरु हुन्छ, गाउँमा । बाटोघाटो, वनजङ्गल, खानेपानी, सबैखाले समितिमा उनको सक्रिय भूमिका छ । आज वातावरण दिवसको अवसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम थियो, गाउँमा । मुखिया बाले उद्घाटन विरुवा मात्र नभइ अरु पनि धेरै विरुवा रोपे । गाउँले सबैले खुब जोश देखाए । अन्त्यमा जोशिला मन्तव्य दिँदै गाउँले सबैलाई वनजङ्गलको महत्वको बारेमा सचेत गराउँदै कहिँकतै केही भइहाले तुरुन्त आफुलाई खबर गर्न अनुरोध पनि गरे । मिजासिला मुखिया पाएर गाउँले सबै दङ्ग  परे । सौहार्दतापुर्वक वातावरणमा कार्यक्रम सकियो । राती खाना खाइवरेपछि सुत्नेबेला मुखिया बाको मोबाइलमा दिपेस सरको फोन आयो ।

‘हजुर सर !’
‘मुखिया बा, सय जति सालका मुढा तयार छन् ।’
‘ल रातभरिमा पुरानै अड्डा पु¥याउनु । बाकी कुरा भेटेरै गरौँला ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।