प्रोलिफिक मावीको आयोजनामा प्रथम एसईइ कप फुट्सल प्रतियोगिता सम्पन्न

प्रोलिफिक मावीको आयोजनामा प्रथम एसईइ कप फुट्सल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २२।

प्रोलिफिक मावी काठमाण्डौ महानगरपालिका वडा नं ४ ,धुम्बाराहीको आयोजनामा प्रथम एसईइ कप फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। ४८ टिमको सहभागितामा विद्यालयको फुट्सल मैदानमा भएको सो प्रतियोगिता तिन दिन सम्म चलेको थियो।

सो प्रतियोगितामा एआइटिएम स्कुल  प्रथम भएको थियो भने एससीआइबिएस स्कुलले दोश्रो स्थान प्राप्त गरेको थियो। त्यस्तै जय इन्स्टिच्युटले तृतीय स्थान प्राप्त गरेको सो प्रतियोगितामा उत्कृस्ट खेलाडी र गोल रक्षकलाई पुरस्कार समेत प्रदान गरिएको थियो।

सो प्रथम एसईइ कप फुट्सल टुर्नामेन्टका विजयी टिम तथा खेलाडीहरुलाई पुअरस्करका साथमा मेडल तथा प्रमाण पत्र प्रदान गरिएको जानकारी दिदै विद्यालयका प्रिन्सिपल गोपाल बहादुर महतले उनीहरुलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति समेत प्रदान गरिएको बताएका छन।

गत  शुक्रबार प्रोलिफिक माध्यामीक विद्यालय धुम्बाराहीमा विद्यालय प्राङ्गणभित्र निर्मित फुट्सलको संचालन एक समारोहबिच काठमाण्डौं म.न.पा वडा नं. ४ का वडा अध्यक्ष  दिनेश महर्जनले उद्घाटन गरेको मैदानमा  विभिन्न विद्यालयबाट एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर फुट्सल टुर्नामेन्ट पनि आयोजना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।