कागेश्वरीको गौरीनाथ देवलधारा देखि अर्याल गाउॅ सम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न

कागेश्वरीको गौरीनाथ देवलधारा देखि अर्याल गाउॅ सम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ २२ । कागेश्वरी मनोहरा नगरपालिकाको  गौरीनाथ देवलधारा , अधिकारी गाउॅ,लामिछाने गाउॅ,गजुरेल डाडॅा नेपालडाडॅा हुदै शिव पञ्चायन मन्दिर अर्याल गाउॅ सम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। उक्त सडक कालोपत्रे भए संगै  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६,७ र ८ तथा गोकर्णेश्वर नगरपालिका वडा नं ७ बासि लाभान्वित हुने भएका छन ।

उक्त सडक कालोपत्रे कार्यको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की सहितको टोलीले निरीक्षण गरेका छन् ।    निरीक्षणको क्रममा  नगर प्रमुख उपेन्द्र कार्कीले स्थानीय संग छलफल समेत गरेका थिए  ।  कालोपत्रे कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरीय ढंगले निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत  दिएका थिए ।  विकास निर्माण कार्यमा वडाबासीको चासो रहनुपर्ने र सो गर्दा निर्माण कार्यमा अनियमितता हुन नसक्ने  प्रमुख कार्कीको धारणा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।