नवौं इन्डो नेपाल खुल्ला कराते प्रतियोगितामा नेसनल युनाइटेड स्कुल टिम च्याम्पियन

नवौं इन्डो नेपाल खुल्ला कराते प्रतियोगितामा नेसनल युनाइटेड स्कुल टिम च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ  १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं  ८हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको आयोजनामा नवौं इन्डो नेपाल खुल्ला कराते प्रतियोगिता २०२३ सम्पन्न भएको छ।

कराते प्रतियोगिताको यस श्रृंखलाअन्तर्गत नेपाल तथा भारतका विभिन्न डोजो तथा विद्यालयका गरि २५० भन्दा बढी खेलाडीहरुले विभिन्न तौल समुहमा २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको दोस्रो दिन जेष्ठ २० गते बाँकी रहेका स्पर्धाहरुको खेल संचालन गरिएको थियो।प्राप्त पदकको आधारमा नेसनल युनाइटेड स्कुल टिम प्रथम,छिमेकी मित्रराष्ट्र भारतबाट सहभागी टिम द्वित्तीय तथा शिवपुरी डोजो टिम तृतीय भई ट्रफी चुम्न सफल भएका छन । प्रितियोगिता भर गरेको प्रदर्शनको आधारमा पुरुषतर्फ मित्रपार्क डोजोकाश्रियांश शाही तथा महिलातर्फ श्री कालिका शरन स्कुलकी लक्ष्मी वाइवाले उत्कृष्ट खेलाडीको ट्रफी प्राप्त गरेका छन ।

नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमालको सभापतित्व तथाबूढानीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता नबराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विजेता खेलाडीहरुलाई अन्तराष्ट्रिय कराते रेफ्री राम लामा, नेपाल गोजु(काई कराते महासंघका उपाध्यक्ष एवम्नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमाल,कलकत्ता कराते क्लब गोजु(काई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक  ललित कुमार साव, नेपाल गोजु(काई कराते महासंघका सदस्य शुशील राज उप्रेती, प्याब्सन टोखा नगर समितिका कोषाध्यक्ष महेश पाण्डे लगाएतले प्रमाणपत्र, मेडल एवम् ट्रफी वितरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।