बुढानिलकण्ठ-१२ को बाल वक्तृत्वकला प्रतियोगितामा घटराज र काठमाण्डौ विद्यालयलाई पुरस्कार

बुढानिलकण्ठ-१२ को बाल वक्तृत्वकला प्रतियोगितामा घटराज र काठमाण्डौ विद्यालयलाई पुरस्कार

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले आयोजना गरेको बाल वक्तृत्वकला प्रतियोगितामा घटराज र काठमाण्डौ विद्यालयले पुरस्कार जितेका छन।

“बालबालिकाहरूमा सामाजिक संजाल वरदान कि विकृति”  विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा घटराज मेमोरियल स्कुलका सम्रिका लुइँटेल प्रथम र अंकित विक्रम ठकुरी दितीय भएका छन भने काठमाण्डौ विद्यालयकी सुस्मिता कटवाल तृतीय भएकी छन।

बालकुमारी माध्यमिक विद्यालयकी प्रकृति मगरले सान्त्वना पुरस्कार प्राप्त गरेको सो प्रतोयोगिता समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को आयोजना र बाल सचेतना केन्द्रको संयोजनमा भएको सो प्रतियोगितामा वडा नं १२ का सामुदायिक र संस्थागत विद्यालयहरुबाट विद्यार्थीहरुले भाग लिएका थिए।

तपाइँको प्रतिक्रिया ।